Logo

चर्चामा सेल्फी ब्रिजको उद्घाटन



काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ ।

पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले सो सेल्फी ब्रिजको उद्घाटन गरेका छन ।

२९ लाख ७० हजार रुपैयाँको लागतमा सेल्फी ब्रिज निर्माणकार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष सतेन्द्र न्यौपानेले जानकारी गराए ।

फलामे सो पुलमा स्थानीयवासीले सेल्फी खिच्ने हुँदा त्यसलाई सेल्फी ब्रिज भनेर नामकरण गरिएको छ ।

सांसद विकास कोषको रकमबाट २४ लाख ७५ हजार र जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी जम्मा २९ लाख ७० हजारको लागतमा सेल्फी ब्रिजको निमार्णकार्य भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्