Logo

जंगली जनावर धपाउन हानेको गोली साथीको टाउकोमा



काठमाडौं । आफ्नै साथीले चलाएको गोली लागेर डोटीमा एक जनाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका – ५ स्थित तल्लो डाडावनमा बनेल धपाउन हानेको गोली आफ्नै साथीलाई लाग्दा ज्यान गएको हो ।

५० वर्षीय जंगे भुलले हानेको गोली लागेर उनका साथी १९ वर्षीय तपेश लुहारको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ ।

शनिबार राति बारीमा आएका बनेल धपाउन गएका भुलले चलायको गोली लुहारको टाउकोमा लागेको थियो । गोली प्रहार गर्ने जंगे भुल प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्