Logo

मापसेमा परे दुईजना पाइलट



काठमाडौं । मादक पदार्थ सेवन गरेर बिमान उडाउन खोज्ने दुई पाइलट पक्राउ परेका छन् । युनाइटेड एयरलाइन्सका पाइलटले स्कटल्याण्डको ग्लास्गो विमानस्थलबाट न्युयोर्कका लागि विमान उडाउने तयारीमा रहदा मापसेमा परेका हुन ।

४५ र ६१ वर्षका ती पाइलट विरुद्ध कुनै उजुरी दर्ता गरिएपनि उनीहरु थुनामा राखेर अनुसन्धान चलिरहेकोे छ ।मंगलबारसम्म उनीहरुलाई अदालतमा पेश गर्ने तयारी भईरहेको बिबिसीले उल्लेख गरेको छ ।

पाइलट पक्राउ परेपछि विमानको उडान रद्द भएको थियो । घटनापछि एयरलाइन्सले वक्तव्य जारी गर्दे आफूहरुका लागि यात्रुको सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot