Logo

मुक्तिनाथ विकास बैंकद्धारा डस्टबिन सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको टोखामा रहेको डाँफे टोल विकास संस्थालाई डस्टबिन हस्तातरण गरेको छ ।

टोखाको डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको जनाएको छ ।बैंकका टोखा शाखाका प्रमुख दिनेश पन्तले उक्त सहयोग डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हाल देशैभरी एक सय १८ वटा शाखा, २२ वटा एटिएम. र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सेवासहित सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्