Logo

प्रचण्डलाई रिसिभ गर्न मन्त्री योगेश भट्टराई एयरपोर्ट पुगे



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दुबईबाट फर्किएका छन् । पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष दाहाल हिजो राति स्वदेश फर्किएका हुन् ।

पछिल्लो समय सीताको स्वास्थ्य अवस्था राम्रो छैन । उनलाई जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी लागेको चिकित्सकहरुले बताएका छन् । सीतालाई सान्त्वना दिनकै लागि प्रचण्ड देश विदेशका विभिन्न ठाउँमा गइरहन्छन् । यसैका लागि दाहाल परिवारसहित दुबई भ्रमणमा गएका थिए ।

दाहाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्