सुनसरी । किशोरीलाई यौनधन्दामा लगाउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु पाँचथर फिदिम फलैचा ८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका १२ बस्ने २९ वर्षीय सरोज कार्की छन् ।
ईटहरी उपमहानगरपालिका ६ स्थित होटलमा काम लगाइदिने लोभलालचमा पारी दुई किशोरीलाई यौनधन्दा गराएको अभियोगमा उनीहरुलाई १८ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।
मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौनधन्दा गराएको सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।