Logo

बन्दुकधारीको निशाना आफ्नै बहिनी



अमेरिकामा नाइट क्लबमा अन्धाधुन्दा गोली चलाउने बन्दुकधारी युवाले आफ्नै बहिनीको समेत हत्या गरेको खुलेको छ । ओहायो राज्यको डेटोनमा ४ अगष्टमा भएको घटनामा २४ वर्षीय बन्दुकधारी कन्नर बेट्सले बहिनीमाथि समेत गोली चलाएका थिए ।

कन्नरकी २२ वर्षीया बहिनी मेगान बेट्स पनि घटनाका बेला नाइट क्लबमै थिइन् । उनीमाथि शुरुमै गोली चलाइएको थिएन । नाइट क्लबमा गोली चलाउँदै भीड भएको ठाउँमा बढ्न खोज्दा उनलाई प्रहरीले गोली हानेर ढालिदिएको थियो । ३० सेकेन्डका बीच बेट्सले गोली चलाउँदा ९ जनाको मृत्यु भएको थियो । घटनामा २७ जना घाइते भएका थिए । घटनामा मारिने र घाइते हुनेहरुको पहिचान खुलिसकेको छ । अधिकांश ३० वर्ष भन्दा कम उमेरका छन् ।

बेट्सले अनलाइनबाट बन्दुक किनेका थिए । अमेरिकामा बन्दुक किन्न र राख्ने कानुनी अधिकार छ । यस विषयमा निकै ठूलो बहस चल्ने गर्छ ।

स्थानीय नेड पेपर्स नाइट क्लबमा भएको घटनामा भागाभाग मच्चिएको भिडियो फुटेज समेत सार्वजनिक भएको छ ।
यसअघि ३ अगष्टमा टेक्सासमा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २५ जनाको मृत्यु भएको थियो । अमेरिकामा पछिल्लो समय बन्दुकधारीको हमला बढेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्