काठमाडौं । देशभर वर्षा हुनेभएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २० साउनको विहानदेखि तराईका जिल्लाहरुमा विहानै देखि वर्षा भएको छ ।
काठमाडौं उपत्यकामा विहान हल्का वर्षा भएको छ । उपत्यकाको आकाशमा बादलले ढाकिएकाले वर्षाको सम्भावना छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । पूर्व र पश्चिम तराई क्षेत्रकका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पश्चिमका भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको औल्याइएको छ ।
मनसुनको न्यून चापिय रेखा औसत भन्दा केही उत्तरतर्फ सरेको महाशाखले जनाएको छ । जसका कारण मनसुन पुनः सक्रिय भएको छ । Photo: MFD Nepal