Logo

काश्मिरमा कफ्र्यु, नेताहरु घरमै नजरबन्द



काश्मिरको मुख्य भागहरुमा कफ्यु लगाइएको छ । जम्मु काश्मिर सरकारले सर्वसाधारणलाई निस्कन तथा जमघट हुन प्रतिबन्ध लगाइएकोसूचना जारी गरेको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

जम्मु काश्मिरको राजधानी श्रीनगरमा सर्वसाधारणलाई हिंड्न प्रतिबन्ध लगाइएको छ । विद्यालय र कलेजहरु बन्द गरिएको छ । ४ अगष्टको राति जम्मु काश्मिर सरकारले कफ्र्युको घोषणा गरेको हो ।

मोबाइल, इन्टरनेट र केबल टेलिभिजन समेत गएराति बन्द गरिएको थियो । विहान खुलाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काश्मिरका मुख्य नेताहरुलाई घरमै नजरबन्दमा राखिएको छ । जसमध्ये पूर्व मुख्यमन्त्रीहरु मेहबुबा मुफ्ती र ओमार अब्दुल्ला पनि छन् । नजरबन्दपछि ओमार अब्दुल्लाले ट्वीटमार्फत् विरोध जनाएका छन् ।

काश्मिरमा पाकिस्तानी सुरक्षाकर्मी र आतंककारीहरुको घुसपैठ भएको विषय बाहिर आएको थियो । भारतीय सेनाले घुसपैठी आतंककारीहरुलाई मारिदिएको विषय बाहिर आएको दुई दिनमै कफ्र्युको घोषणा गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot