Logo

काश्मिर स्वशासित क्षेत्र रहेन, जम्मु काश्मिरमा तीन राज्य



भारत शासित काश्मिर अब स्वशाशित क्षेत्र रहेन । भारत सरकारले संविधानमै व्यवस्था गरेको विशेष स्वशासित अधिकार खारेज गरिदिएपछि काश्मिर बाँकी भारतका राज्यका नागरिकका लागि पनि खुकुलो बनेको छ ।

भारतको संविधानको धारा ३७० मा जम्मु काश्मिरलाई स्वशासित क्षेत्रको अधिकार दिइएको थियो । उक्त धारा अनुसार काश्मिर बाहिरका नागरिकले जग्गा खरिद, स्थानीय सरकारको जागिर र स्थानीय तहमा शैक्षिक छात्रवृत्ति नपाउने व्यवस्था थियो ।

भारत सरकारले जम्मु, काश्मिर र लदाक गरी तीन राज्यमा विभाजन गरेको छ । लदाकबाहेक जम्मु र काश्मिर दुवै राज्यमा विधानसभा रहनेछ । सरकारको उक्त निर्णयबारे गृहमन्त्री अमित शाहले जानकारी गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लदाकमा सिधा राष्ट्रपति शासन हुनेछ ।

यसअघि ८ फेब्रुअरीमा जम्मु काश्मिर सरकारले लदाकलाई अलग क्षेत्र घोषणा गरी प्रशासन समेत खडा गरिदिएको थियो । सबैभन्दा कम जनसंख्या रहेको लदाक यसअघि जम्मु काश्मिरभित्र थियो ।
यसअघि भारत सरकारले श्रीनगरलगायत काश्मिरका मुख्य भागहरुमा मध्यराति कफ्र्यु जारी गरेको थियो । काश्मिरका प्रभावशाली नेताहरु मेहबुबा मुफ्ती, ओमार अब्दुल्ला र फारुक अब्दुल्लालाई घरमै नजरबन्द गरिएको थियो । Photo: Indian Defence News



प्रतिक्रिया दिनुहोस्

Screenshot