Logo

सदन खुल्यो, नेम्वाङको संयोजकत्वमा विशेष समिति



काठमाडौं । प्रतिपक्षको अवरोधका कारण स्थगित हुँदै आएको सदन खुलेको छ । २० साउनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी लचिलो भएपछि सदन खुलेको हो । सदनको बैठक आजैबाट सुचारु हुनेछ ।

सर्लाहीमा कुमार पौडेल इन्काउन्टर घटनाको छानविनका लागि संसदीय समिति गठनको माग गर्दैै सदन अवरोध गरेका काँग्रेस र राजपाले अडान छाडेर विशेष समिति गठन गर्ने सहमति भएको छ । सर्वदलीय बैठक बसी समिति गठनमा सहमति बनाएका हुन् ।

साद सदस्यीय विशेष समितिमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ संयोजक हुनेछन् । सदस्यहरुमा देव गुरुङ, वृन्दा पाण्डे, डा.मीनेन्द्र रिजाल, पु्ष्पा भुषाल, लक्ष्मणलाल कर्ण र उमाशंकर अग्रहरी छन् । समितिले संसदमा उत्पन्न हुने गतिरोधको अवस्था आउन नदिन सुझाव दिनेछ । Photo: File



प्रतिक्रिया दिनुहोस्