काठमाडौं । चिनियाँ नागरिक लिनिन सी ड्रागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका थिए । उनी सबै चेकिङ पार गरेर आइसकेका थिए । तर, रेड च्यानलमा भन्सार चेकिङ गर्ने क्रममा शंकास्पद व्यवहार देखाउन पुगे ।
प्रहरीका अनुसार भन्सार चेकिङका क्रममा उनको लगेजमा पहेलो बिस्कुट आकारको धातु देखियो । लगेजमा लुकाइ राखेको धातुबारे अनुसन्धान गर्दा चार किलो सुन भएको तथ्य पत्ता लाग्यो ।
१९ साउनको राति भएको घटनापछि चिनियाँ नागरिक पक्राउ परे । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी राहदानी नम्बर ईसि ५४३८६६६ बाहक हुन् । Photo: File