धनुषा । रामबाबु यादव एक लाख २० हजार रुपैयाँसहित बसमा यात्रा गरिरहेका थिए । जनकपुर उपमहानगरपालिका–१४ पिडारी चोकमा पुगेपछि युवकले उनको कुर्थाको गोजीबाट रकम झिके ।
रकम लिएर युवक भाग्न थाले । ५८ वर्षीय रामबाबुले गुहार मागेपछि स्थानीयको सहयोगले पकेटमार पक्राउ परे । लहान नगरपालिका ९ बस्ने २५ वर्षीय मोहमद राज १९ साउनको साँझ पक्राउ गरेको हुन् ।स्थानीयले नियन्त्रणमा लिएर नगद सहित बुझाएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले रकम रामबाबुलाई जिम्मा लगाएको छ । तस्वीर स्रोत: नेपाल प्रहरी