विराटनगर । होटल ह्यारिसन प्यालेस र एन आईसी एशिया बैंक लिमिटेड बीच सम्झौता भएको छ । सम्झौता अनुसार एन आईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने उल्लेख छ ।
१९ साउनमा भएको सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेल हस्ताक्षर गरेका छन् ।
विराटनगर घुम्न जानुहुने बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरेको जनाएको छ । १७ लाखभन्दा बढी ग्राहका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद छन् । एनआइसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।