Logo

काठमाण्डौमा बेवारिसे कुकुरको टोकाइबाट सर्वसाधारण पीडित



साउन २०, काठमाण्डौ । काठमाण्डू उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको छ । अहिले उपत्यकामा मात्रै झण्डै तीन सय जना कुकुरको टोकाइको सिकार हुने गरेका छन् ।

यकिन तथ्याङ्क नभए पनि कुकुरको टोकाइका कारण काठमाण्डौ उपत्यकामा मात्रै वर्षभरीमा ६० जनाको मृत्यु हुने गरेको छ । तर तर वेवारिसे तथा सामुदायिक कुकुर नियन्त्रण भने हुन सकेको छैन ।

काठमाण्डौ उपत्यका समस्यै समस्याको शहर हो भन्दा फरक नपर्ला । यहाँ जति अवसर छ त्योभन्दा बढि समस्या छ । यहाँ नागरिकले दैनिक अनेकौ समस्या भोग्नुपर्ने हुन्छ । त्यस्ता समस्यामध्ये एक हो सामुदायिक कुकुरको विगविगी ।

खुला ठाउँमा छोडिएका यस्ता बेबारिसे कुकुरले सर्वसाधारणलाई टोकेर हैरान बनाउने गरेको छ । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका दैनिक सयौ विरामी आउने गरेका छन् ।

यि हुन्, कुकुरको टोकाइको सिकार भएकी ९ बर्षिय विनिता भूजेल ।

अर्का एक बालक पनि कुकुरले टोकेपछि अस्पताल ल्याइएको छ ।

उनीहरु कोही खेल्दै थिए भने कोही शैचालयबाट फर्किने क्रममा कुकुरले टोकेपछि अस्पताल आईपुगेका छन् ।

कुकुरको टोकाइकै कारण आईतबार मात्र २ जनाको मृत्यू भयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.वासुदेव पाण्डेका अनुसार बर्षेनी कुकुरको टोकाईबाट लाग्ने रेजिब रोगबाटै करिव ५० जना भन्दा बढीको ज्यान जाने गरेको छ । रेविज लागेको सात देखि १० दिन भित्र विरामीको मृत्यू हुने गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.वासुदेव पाण्डे

काठमाण्डौ उपत्यकाका दुई प्रमुख महानगरपालिका काठमाण्डौ र ललितपुरले कुकुरहरुको संख्या नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको धेरै भयो ।

तर काम भने हुन सकेको छैन । बन्ध्याकरण विधिमार्फत बेवारिसे कुकुरहरुको व्यवस्थापन गर्नका लागि वर्षेनी मोटो रकम खर्च भइरहेको छ । तर नतिजा भने शुन्य जस्तै । नागरिकले दैनिक भोग्ने समस्या समाधानका लागि अब भने गम्भीर बन्ने की ?



प्रतिक्रिया दिनुहोस्