Logo

बैंकको सीईओ बन्न उमेर हद तोकियो 



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकेको छ । केन्द्रिय बैंकको एकीकृत कार्यविधि संसोधन गर्दै वित्तीय क्षेत्रको सुधारका लागि अध्यक्ष र कार्यकारी प्रमुखको उमेरहद तोकेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको नीति अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति अवदेखि सीईओ नियुक्त हुन नपाउने भएका छन । अव ६९ वर्ष पुगेपछि स्वतः उक्त पदमा रहन नपाउने व्यवस्था लागू भएको छ । सञ्चालक समितिको अध्यक्षको हकमा भने ७० वर्ष सम्म नियुक्त हुन पाउने र ७४ वर्ष पुगेपछि स्वतः हटनुपर्ने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot