Logo

ज्ञानेन्द्र शाह फेरि राजा बन्छन् : सुवेदी (भिडियोसहित)



काठमाडौं, २१ साउन । राजनीतिक विश्लेषक डा. अरुणकुमार सुवेदीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् । सोमबार राति प्राईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुवेदीले यस्तो बताएका हुन् । उनले नेपालमा हिन्दूराष्टपनि पूर्नस्थापना हुने दाबी गरेका छन् । सुवेदीले देशको पछिल्लो अवस्था शिथिल रहेको बताएका छन् । देशको राजनीतिक प्रणालीमा नै त्रुटि रहेको उनको दाबी छ । नेपालको नयाँ संविधान नेपाली जनता र देशको लागि अभिषाप साबित हुनेछन् भनेर आफुहरुले संविधानको मस्यौदा गर्दाखेरि नै बोलेको पनि उनले स्मरण गराए ।

आफू सांस्कृतिक राष्टवाद भएकोले कसैले हिन्दूवादी भनेर भन्दापनि आपत्ति नहुने सुवेदीको भनाई छ । छिमेकी देश भारतले नेपालमा धर्मनिरपेक्षतालाई हटाउन चाहेको र त्यसको सट्टामा हिन्दूराष्ट बनाउन खोजेको पनि उनले आफ्नो विश्लेषण सुनाए । नेपालको सिस्टमसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्टपति सी जिनपिङ दुवै असन्तुष्ट रहेको सुवेदीको टिप्प्णी छ ।



प्रतिक्रिया दिनुहोस्