नवलपरासी । एनसेल टावरमा बम विष्फोट गराउने व्यक्ति पक्राउ परेका छन् । बर्दघाट नगरपालिका(१२ सफईया बस्ने ४१ वर्षीय चैतराम मुसहरलाई २० साउनको राति प्रहरीले पक्राउ गरेको हो ।
मुसहरले २९ फागुन २०७५ को राति सरावल गाउँपालिका-१ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेका ना।५ ख ७७४१ र ना ४ ख ६८२५ नम्बरका २ ट्रकमा आगजनी गरेको तथा १६ साउन २०७६ साउन मा बर्दघाट नगरपालिका-१३ स्थित एमसेल टावरमा बम बिस्फोट गराई क्षति पुर्याएको घटनामा संलग्न रही फरार रहेका थिए । मुसहरलाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।