Logo

आइजीपी खनालको तलब ६४ हजार, प्रहरीमा यस्तो छ नयाँ तलब स्केल



काठमाडौं । अब नेपाल प्रहरीका महानिरीक्षकको तलब ६४ हजार पुगेको छ । १ साउनदेखि लागू हुने गरी सरकारले वृद्धि गरेको तलब र ग्रेडवृद्धि अनुसार आइजीपी र एआइजीपीको तलब ६४ हजार सात सय २६ रुपैयाँ पुगेको हो ।

उही ब्याचका आइजीपी सर्वेन्द्र खनालको तलब जत्तिकै तीन जना एआइजीपीको तलब छ । एआइजीपीहरु पुष्कर कार्की, धीरु बस्न्यात र ठुले राईको तलब ६४२२६ रुपैयाँ पुगेको हो । यसअघि उनीहरुको तलब ६०६८० थियो ।

डिआइजीहरुको तलब ५१ हजारबाट बढेर ५६१०० पुगेको छ । एसएसपीको तलब ४७३८० बाट बढेर ५३६९६ पुगेको छ । एसपीको तलब ४३४६० बाट बढेर ५०७०५ पुगेको छ । डीएसपीको तलब ४०३८० बाट बढेर ४७११० पुगेको छ । इन्स्पेक्टरको तलब ३५९९० बाट बढेर ४५५९० पुगेको छ । सईको तलब २८२०० बाट बढेर ३५७२० पुगेको छ । असईको तलब ३२७७२ पुगेको छ ।

यसैगरी हवल्दारको तलब २७१४८, जवानको २६१९२, रिक्रुटको १९४८० र फलोवर्सको २५९७० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्