
नवलपरासी । प्रहरीले एसएलआरको गोलीसहित युवकलाई पक्राउ गरेको छ । रामग्राम नगरपालिका-५ वाईपास चोकबाट एसएलआरको तीन राउण्ड गोलीसहित कपिलवस्तु साविक पतहरिया गाविस-७ सौसा बस्ने २२ वर्षीय महेश थारुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम बाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ३१९ नम्बरको ट्रक जाँच गर्दा ट्रकका सहचालक थारुको पुरानो कपडामा वेरिराखेको अवस्थामा उक्त गोली फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।