Logo

विकासबारे नेकपा महासचिव पौडेलको नयाँ धारणा



बुटवल, २१ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा नागरिक स्तरबाट खबरदारी र निगरानी आवश्यक रहेको बताएका छन् । उनले विकास निर्माणका लागि आएको बजेटको सही सदुपयोग र आयोजनाको गुणस्तरीयताका लागि नागरिकस्तरबाट निरन्तर निगरानी आवश्यक रहेको सुनाए ।

बुटवल उपमहानगरपालिका–१० मा बुटवल कालिका क्याम्पसको निर्माण गरिने भवनको आज आयोजित शिलान्यास कार्यक्रममा महासचिव पौडेलले आयोजनाहरुको कार्यान्वयनमा आवश्यक निगरानी पुग्न नसकेका कारण गुणस्तरीयता र समयमा काम सम्पन्न नहुने तथा लागतसमेत बढेर जाने अवस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

रुपन्देहीको विकासका लागि आफू सधैँ अग्र भागमा रहेर काम गर्न तयार भएको बताउँदै उनले आफूले चालू आवमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट शैक्षिक संस्थाहरुको पूर्वाधारका लागि लगानी गर्ने योजना बनाएको जानकारी दिए ।

महासचिव पौडेलले कालिका क्याम्पसले आगामी दिनमा यस क्षेत्रका लागि गुणस्तरीय, जीवनपयोगी शिक्षाका लागि विश्वसनीय शिक्षण संस्थाका रुपमा पहिचान स्थापित गर्नेमा विश्वास व्यक्त गरे । उनले क्याम्पसको पूर्वाधारलगायत शैक्षिक विकासमा आफ्नो तर्फबाट पूर्ण योगदान रहने समेत स्पष्ट पारे ।

त्यस्तै उनले रुपन्देहीको विकासका लागि ठूलासाना दर्जनाँै आयोजनाका काम चलिरहेको र यस क्षेत्रको विकासको कामलाई थप उचाइमा पु¥याउन आवश्यक पर्ने आयोजनाहरुका विषयमा छलफल गरेर अघि बढनुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस्