साउन २१, काठमाण्डौ । मानव पनि बेचविखन । कस्तो विडम्बना । नेपालको नियती पनि यस्तै छ । करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा छन् । मान्छेले मान्छेलाई बेच्ने अपराध न्युनिकरण हुन नसक्दाको नतिजा हो यो ।
मानव बेचबिखन एक अपराध मात्र नभई मानवअधिकार मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर उल्लंघन हो । तर पछिल्लो समय यस्ता घटनाले भयवह रुप लिदै गएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । यसले देशमा रहेको सुरक्षा निकाय र अन्य सम्बन्घि त निकायको काम प्रति गम्भिर प्रश्न उठ्न थालेको छ । तथ्याङक अनुसार ७७ वटै जिल्लामध्ये डोल्पा र मुगुबाहेक सबै जिल्लामा कुनै न कुनै बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा बताउँछन् ।
नेपाल प्रहरीको तथ्याङक हेर्ने हो भने हरेक वर्ष मानव बेचबिखनमा परेका करिब १ हजार व्यक्तिको उद्धार भइरहेको छ । यद्यपि नेपालमा यस्ता घटनाको रोकथाम हुन सकेको छैन । विभिन्न कामका लागि प्रलोभन देखाएर बेच्ने गरिएको छ । विशेषगरी बेचविखनमा चेलीबेटी बढि पर्ने गरेका छन् ।
नेपालबाट भारत हुँदै विभिन्न मुलुकमा नेपालीहरु बेचिने गरेका छन् । बेचविखनविरुद्ध केही संघ संस्थाहरु सक्रिय छन्, तर सरकारको भूमिका सन्तोषजनक नरहेको माइती नेपालकी अधिकृत विनिता श्रेष्ठको दावी छ ।
मानव बेचबिखन अपराधको विशेष अनुसन्धान गर्न नेपाल प्रहरीले विशेष ब्युरो स्थापना पनि गरेको छ । तर प्रभावकारी काम भने गर्न सकेको छैन् । तर नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल भने आफुहरुले यस्ता कार्यहरुमा कडाईका साथ लागिपरेको बताउँछन् ।
प्रहरीको तथ्याङक अनुसार २०७२ देखि २०७६ सम्म्म मानव बेचविखनसँग सम्बन्धित १ हजारभन्दा बढि मुद्धा दर्ता भएका छन् । ०७४–७५ मा मात्र देशभरका अदालतमा ३ सय ८५ मानव बेचबिखन मुद्दा परेका थिए । कूल मुद्धामध्ये ५८ प्रतिशत प्रतिशत मुद्दा र्फ्छ्योट भएको प्रहरी प्रशासनको दावी छ ।