Logo

बस दुर्घटनामा १४ जनाको मृत्यु



बोलिभियामा भएको बस दुर्घटनामा मर्नेहरुको संख्या १४ पुगेको छ । ४ अगष्टको राति भएको घटनामा २१ जना घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिला र तीन जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो । बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको थियो । यो बोलिभियाको दोस्रो ठूलो शहर हो ।

बस लापाजबाट अपोलो शहरतर्फ गइरहेको थियो । अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली उक्त बसमा रहेको बताइएको छ । प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot