Logo

नियम उल्लङ्घन गर्दै जथाभावी प्रचार सामग्री, सहर कुरुप



साउन २१, काठमाण्डौ । नेपालभरि नै अहिले प्रतिस्प्रर्धाको नाममा नियम उल्लंघन गर्दै आफनो व्यापार व्यवसायलाइ माथि उकासन र प्रचारप्रसारको गर्न व्यानर, होडिडबोर्ड राख्ने चलन छ । चाहे त्यो सहरबजार हो या गाँउबस्ती, चोक वा गल्ली जताततै जथाभावी रुपमा राखिएका व्यानर, होडिड बोर्ड जस्ता साम्रागीले कुरुप बनाउने गरेको छ ।

तर यससम्बन्धमा सम्बन्धित निकायको कदम प्रभावकारी बन्न सकेको छैन । काठमाण्डौ उपत्यकामा अव्यवस्थित रुपमा राखिएका व्यानर, होडिड बोर्डलगायतका प्रचारका सामग्रीहरुले सहरको स्वरुप कुरुप बनाउने मात्रै होइन, अस्तव्यस्त देखिने गरेको छ ।

त्यसैगरी प्राकृतिक सम्पदाहरुको सैरचनाहरुको महत्व घटाउँदै गएको छ । यसले दुर्घटनाहरु पनि बढ्दै गएको छ । नियमअनुसार पनि यसरी मनलाग्दी प्रचारका सामग्री राख्न पाइदैन । सर्वोच्च अदालतले पनि यस्ता किसिमका सामाग्रीलाई हटाउन निर्देशन दिएको थियो ।

तर अदालतको निर्णयलाई अटेर गर्दै जथाभावी रुपमा राख्दै आएका छन् । सरकारी निकायले पनि नियन्त्रण गर्न सकेका छैनन् । अनुमति लिएर मात्रै यस्ता प्रचारका सामग्री राख्नुपर्ने हुन्छ । उपत्यकाको ललितपुर महानगरपालिकाले पछिल्लो समय अनुमति दिन पनि रोकेको छ ।

ललितपुर महानगरािलकाकी उपमेयर गिता सत्याल

तर विना अनुमति जथाभावी प्रचार सामग्री राखिएको छ । तर महानगरले केही गर्न सकेको छैन । ललितपुर महानगरािलकाकी उपमेयर गिता सत्याल नियन्त्रणको योजना बनिरेको बताउँछिन् । तर यो कागजी योजनाले बेथिती रोकिने आशा गर्न सकिदैन ।

सहरी विकास विज्ञ किशोर थापा

सहरी विकास विज्ञ किशोर थापा पनि प्रचारप्रसारको लागि टाँसिएको विज्ञापन, होडिडबोर्डजस्ता साम्राग्रीले बातावरणलाई नै प्रदुषण गरेको तर्क राख्छन् । उनले सहरलाई कुरुप बनाउँदा पनि सरकार, स्थानीय सरकारले चासो नदिएको आरोप लगाएका छन् ।


व्यापार व्यवसाय प्रवद्र्धनका लागि विज्ञापन आवश्यक पर्छ । तर यसलाई व्यवस्थित गरिकाले गर्ने वातावरण अझै बनेको छैन ।

न त प्रचार सामग्री राख्नेले शहरको सुन्दरताको ख्याल गरेका छन्, न त नियमन निकायले नियन्त्रण गर्न सकेका छन् । अब भने यस सम्बन्धमा ध्यान दिने बेला भयो कि ?



प्रतिक्रिया दिनुहोस्