Logo

चुनावी वाचा पूरा नगर्ने मेयरलाई नगरवासीले महिलाको कपडा लगाएर शहर घुमाए



चुनावअघि नगरवासीसँग बोलेका कुरा व्यवहारमा लागू नगरेपछि मेक्सिकोका एक मेयरमाथि नगरवासीले सजाय दिएका छन् । उनलाई महिलाको पोशाक लगाएर चार दिनसम्म सहडमा घुम्न लगाइएको छ ।

मेक्सिकोको हुइक्स्टन शहरमा मेयरको चुनाव जितेपछि जाभियर सेवास्टियन जिमेनेज सान्टिजले नगरवासीसँगको प्रतिवद्धता पूरा गरेनन् । नगरवासी मेयरको कार्यकक्षमा पसेर जाभियर र नगरपालिकाका आर्थिक पाटो हेर्ने संरक्षकलाई महिलाको लुगा लगाउन वाध्य पारेका हुन् । दुवैलाई महिलाको कपडा लगाएर शहर घुमाइएको थियो ।

उनीहरु महिलाको कपडा लगाएर चार दिनसम्म शहरको गल्ली घुम्न वाध्य पारिएका थिए । मेरले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएर घुमेका थिए ।

मेयरले करिब करोर्डौ सरकारी सम्पत्ति आफ्ना मान्छेलाई बाडेको आरोप सहरवासीले लगाएका छन्। यो पैसाको प्रयोग सहरको विकास कार्यमा लगाउनु पर्ने उनीहरुको भनाई छ। यति मात्र नभएर मेयरले चुनावमा भनेका कुराहरु पनि पुरा नगरेको समेत आरोप लगाएका छन्। आरोप लगाएसँगै उनीहरुले मेयरविरुद्ध बोल्न शुरु गरे। विरोध गर्दै उनीहरुले मेयरको पोस्टर पनि सहरभरी लगाए। Photo: African feed



प्रतिक्रिया दिनुहोस्

Screenshot