Logo

भारी वर्षाको सम्भावना



काठमाडौं । देशभर मौसम पुनः सक्रिय भएपछि भारी वर्षाको सम्भावना रहेको छ । गएराति देशका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा मध्यराति भारी वर्षा भएको थियो ।

मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा उत्तरतर्फ नेपालतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रहेको र तराईका धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जनाइएको छ ।

पूर्व ९पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देखि मौसममा पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने सम्भावना देखिएको छ । साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्