काठमाडौं । भारी वर्षाका कारण देशका पश्चिमी भागका नदीहरुबाट खतरा उत्पन्न हुनसक्ने भएको छ । गृह मन्त्रालयको नेपाल बाढी सूचनाले आज र भोलि नारायणी नदीको बहाब बढ्ने जनाएको छ ।
आज र भोली नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने तर सतर्कता तह भन्दा तलै हुनेछ । आज दाङ, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, अछाम, दैलेख, कैलाली, डोटी, कञ्चनपुर जिल्ला लगायत प्रदेश २ का चुरेबाट बहने केही स-साना नदीहरूमा बहाव तुलनात्मक रूपमा बढ्नेछ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन भनिएको छ ।