Logo

‘निजगढमा विश्वकै सानदार विमानस्थल बनाउँछु’



काठमाडौं, २२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू निजगढमा विश्वकै शानदार विमानस्थल बनाउनको लागि मन्त्री भएर आएको स्पष्ट पारेका छन् । उनले रूख कटानका सम्बन्धमा आफू वातावरणलाई विनाश र विध्वंस गर्न नआएको पनि जिकिर गरे ।र

बुधबार मन्त्रालयमा आयाजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् । उनले होइन निजगढ विमानस्थल बनाउने सावलमा उठेका सबै चासोलाई आफूले सम्मान गर्नेपनि जनाए । उनले भने,‘सबै सरोकारवालासँग छलफल गर्छु, म वातावरणको विध्वंस गर्न नभई विमानस्थल बनाउन आएको हुँ ।’

उनले निजगढ विमानस्थलका सन्दर्भमा वन तथा वातावरणको विषयमा विभिन्न क्षेत्रबाट चासो व्यक्त भएकोबारे आफू जानकार भएको र उनीहरूसँग छलफल गर्ने  बताए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्