काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाग्लुङकोे काँठेखोला गाउँपालिका–२ मायहीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
विस्तारित उक्त शाखाारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा भिसा इन्टरनेसनल डलर कार्ड सेवा सहित ८१ शाखा, ७६ एटिएम र एक सय शाखा रहित बैंकिङ एकाई मार्फत सेवा दिदै आएको जनाएको छ ।