अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–ट्वान्टीको वरियतामा नेपाली टिमका कप्तान पारस खड्काले चमत्कारिक सुधार गरेका छन् । खड्का टी–ट्वान्टीको अलराउण्ड तर्फ ४१ बाट २५ औं स्थानमा उक्लिएका छन् ।
हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनको वरियाँतामा सुधार आएको हो । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन् । यस्तै सो स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन ।
पारसले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन । अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् ।
बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए । नेपाली खेलाडी यो बरियतामा पुगेको अहिलेसम्मकै ठुलो हो । यसका साथै शिर्ष ५० मा पुग्ने पारस पहिलो खेलाडी पनि हुन ।
यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन ।
यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन । यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।