Logo

ओलीको स्वास्थ्य सामान्य, भोलि स्वदेश फर्कने



काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका प्रधानमन्त्री ओलीको चेकजाँचपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली भोलि नै स्वदेश फर्किनेछन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली साउन १८ गते सिंगापुर गएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot