Logo

प्रचण्ड सक्रिय, माधव र वामदेवसँग उठबस



काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टीभित्र भेटघाटमा सक्रिय छन् । अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेशमा नभएको मौका छोपेर प्रचण्ड आन्तरिक भेटवार्तामा सक्रिय भएका हुन् ।

पार्टीभित्र अध्यक्ष ओली र प्रभावशाली नेता वामदेव गौतमबीच नयाँ गठबन्धन बन्ने हल्ला चलेपछि प्रचण्डले आफ्नो भेटवार्तालाई तिव्रता दिएका हुन् । उनीपनि दुवईमा आराम गरेर स्वदेश फर्किएका हुन् । यो बीचमा नेकपाभित्र नयाँ समिकरण बनेको कुरा मिडियामा चर्चा हुन थालेपछि प्रचण्ड सशंकित बनेका छन् । पार्टी एकतादेखि अहिलेसम्म प्रचण्ड र नेता गौतमबीच सुमधुर सम्बन्ध रहँदै आएको थियो ।

तर, एकाएक संगठन विभागको नेतृत्व वामदेवलाई दिने निर्णयमा ओली पुगेपछि प्रचण्ड झस्किएका हुन् । आगामी महाधिवेशनमा पार्टीको नेतृत्व पुग्ने लक्ष्यसहित प्रचण्ड अहिले भेटवार्तामा उत्रिएका हुन् । प्रचण्डनिकट उच्च स्रोतले जनाएअनुसार पछिल्लो समय उनले बरिष्ठ नेता माधव कुमार नेपाल र वामेदवसँग लगातार भेटवार्ता गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot