काठमाडौं । यसवर्ष गोलभेडाको मूल्य उच्च रह्यो । तरकारी बजारमा गोलभेडाको मूल्य ७० देखि एक सय रुपैयाँबीचमा औसत रहँदै आएको छ ।
गोलभेडाको मूल्य बढेर १५० रुपैयाँ सम्म पुगेकोमा पछिल्लो समय ७० देखि ९० को बीचमा रहने गरेको छ । कालिमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डमा २४ साउनमा ठूलो गोलभेडाको मूल्य ७५ देखि ८० को बीचमा छ । सानो गोलभेडा ६० देखि ६५ को बीचमा छ । यस वर्ष गोलभेडा उत्पादक किसानहरुले राम्रो मुनाफा गर्न सकेका छन् ।
तरकारीको भाउ यसवर्ष आकाशिएको छ । भान्टा, ६०, बोडी ५५ सम्म पुगेका छन् । यी सबै मौसमी तरकारी हुन् । काउली ७०, मूला ३५, बन्दा ३५ सम्म पुगेको छ ।