Logo

त्रिशुली दुर्घटनामा मर्ने तीनजना एकै परिवारका, २० वेपत्ता (घाइतेहरुको नामसहित)



काठमाडौं । त्रिशुलीमा बस खस्दा मृत्यु हुनेहरु एकै परिवारका रहेको खुलेको छ । २४ साउनको विहान सर्लाहीको मंगलाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने तीनजना एकै परिवारका भएको खुलेको हो ।

बिहान ३ः३० बजे धादिङको त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन भने २० जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका–४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। मृतक तीनै जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेहरुको नाम
बस चालक लक्ष्मण जमरकट्टेल
भुपेन्द्र कुमार यादव,
सुनिता रोकाया
असनल राय
राकेश बैठा
रोहीत कुमार मण्डल
खिकर कुमार महतो
जहेन्दार ठाकुर
संजय महतो
समिम राजा अन्सारी
भारत सितामणिका धिरेन्द्र ठाकुर
विजय राय यादव
दिनेश ठाकुर
भोगेन्द्र चौधरी
राहुल महतो



प्रतिक्रिया दिनुहोस्