Logo

दुई करोड नदिए छोरी मार्ने धम्की दिने मिलन तामाङलाई गोली हानी पक्राउ



काठमाडौं । दुई करोड नदिए जनप्रतिनिधिको छोरी मार्ने धम्की दिनेमाथि प्रहरीले गोली चलाएको छ । २४ साउनको विहान स्वयम्भुको विजेश्वरीमा मिलन तामाङमाथि नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली चलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार पक्राउ गर्ने क्रममा भाग्ने प्रयास गरेपछि लोप्चन लामा भन्ने मिलन तामाङलाई गोली प्रहार गरिएको हो । उनको घुडाँमुनी दुई गोली लागेपछि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

मिलनले रामेछापको लिखु गाउँपालिकाका जनप्रतिनिधि गोविन्द खड्कासँग दुई करोड मागेका थिए । उनले डर धम्की देखाई पैसा असुली गर्न थालेपछि प्रहरीले खोजिरहेको थियो । विहानै विजयश्वरी हाउजिङमा प्रहरी पुगेर उनलाई खोजेको थियो । प्रहरीका अनुसार धेरैसमययता पिछा गर्दा उनी फेला परेका थिए । पक्राउका क्रममा भाग्न खोजेका थिए । मिलन तामाङ मन्थली घर भई काठमाडौंमा बढी समय बसोबास गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्