Logo

२४ घन्टा लगाएर किर्गिस्तानका पूर्व राष्ट्रपतिलाई घरबाट पक्राउ



घरमा रहेका किर्गिस्तानका पूर्व राष्ट्रपति अल्माजबेक अटामबयभलाई पक्राउ गर्न त्यहाँको सुरक्षाकर्मीलाई २४ घन्टा लाग्यो । ६ अगष्टमा पक्राउ गर्न कोइटाष्टस्थित उनको गाउँ पुगेको सुरक्षाकर्मीलाई समर्थकले रोकेका थिए ।

सुरक्षाकर्मीले समर्थकको अवरोध हटाउन बल प्रयोग गर्नुपर्यो । त्यस क्रममा एकजना सुरक्षाकर्मी मारिए । ९८ जना घाइते भई अस्पताल भर्ना गरिए । पूर्व राष्ट्रपतिको घरमा पुगेका सुरक्षाकर्मीमाथि समर्थकले आक्रमण गरेका थिए । उनीहरुले कुनै हालतमा पक्राउ गर्न नदिने अडान लिएका थिए । अदालतको आदेशपछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी घरमै पुगेको थियो । समर्थकहरुको मृत्यु हुने भएपछि उनले आत्मसमर्पण गरेका थिए ।

पूर्व राष्ट्रपति अटामबयभमाथि भ्रष्टाचारको अभियोग छ । भ्रष्टाचारको पुष्टि भए उनी लामो समय जेल बस्नुपर्ने हुनसक्छ ।

अटामबयभलाई पक्राउ गर्न पूरा अवरोध हटाउन समय लागेपनि अन्तत ८ अगष्टमा पक्राउ परे । उनलाई २६ अगष्टसम्म अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले आदेश दिएको छ । पूर्व सोभियत संघमा रहेर बनेको देश प्राकृतिक स्रोतको धनी मानिन्छ ।-एजेन्सी, Photo: weaponnews



प्रतिक्रिया दिनुहोस्

Screenshot