Logo

ब्ल्याक सीमा अमेरिकी हतियार जडित जहाज पुगेपछि रुसको निगरानी



सामरिक महत्वको समुन्द्र ब्ल्याक सीमा पुगेको अमेरिकी युद्धक जहाजको रुसले निगरानी बढाएको छ । आधुनिक हतियारले भरिएको जहाज ८ अगष्टमा ब्ल्याक सीमा पुगेपछि रुसले पनि युद्धक जहाजबाट निगरानी बढाएको हो । रुसले ब्ल्याक सीको खाडीमा रहेको स्मेटलिभी जहाजलाई परिचालन गरेको जनाएको छ ।

उक्त क्षेत्रमा यस वर्ष क्षेप्यास्त्र जडिट युद्धक जहाजमध्ये यो एक हो । स्पेनमा आधार बनाइएको युद्धक जहाजलाई डीडीजी ७८ नाम दिइएको छ । यो युरोपको समुन्द्रमा तैनाथ गरिएको छ । अमेरिकाले आफ्नो प्रतिरक्षाका लागि यसलाई युरोपमा सक्रिय बनाएको हो ।

अमेरिका र रुसबीच युक्रेनको विषयमा विवाद रहँदा अमेरिकाले त्यस क्षेत्रमा हतियार जडित जहाज परिचालन गरेको हो । दुई देशबीच पछिल्लो समय सामरिक प्रतिष्पर्धा बढेको छ । अलास्कामा अमेरिकाको सीमा नजिकै रुसले युद्धक विमान उडाएको विषय बाहिर आएको छ । तस्वीर स्रोतः तास



प्रतिक्रिया दिनुहोस्