काठमाडौं । अवैध लागूऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने नुवाकोट घर भएका वर्षीय सन्त बहादुर तामाङ र काठमाडौं नागार्जुन नगरपालिका ५ घर भएका वर्षीय प्रभु नारायण कुमाल रहेका छन् । उनीहरुलाई २३ साउनको राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग सितापाईला र प्रहरी चौकी भिमढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९७ प ३२८० नम्बरको स्कुटरमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, अवैध लागूऔषध जस्तो देखिने २ पुरिया खैरो धुलो सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु, मायादेवी गाउँपालिका ६ बस्ने वर्षीय सकुरुदिन मुसलमान र कपिलवस्तु नगरपालिका ३ बस्ने वर्षीय धिरज गैरे रहेका छन् । उनहिरुलाई प्रहरीले २३ साउनको दिउँसो पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले रजवापुरबाट डुमरातर्फ जाँदै गरेको लु.२८ प ५८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले वताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Photo: File