Logo

उपत्यकामा अधिकतम २५ रोपनी, तराईमा १० बिगाहा मात्र व्यक्तिले राख्न पाउने



काठमाडौं । जग्गाको हदबन्दी कार्यान्वयनमा गर्न सर्वोच्च अदालतले आदेश दिएपछि देशभर तोकिएको हदबन्दीभन्दा बढी जग्गा राख्न नपाइने भएको छ । अब तराईमा १० बिगाहा, काठमाडौं उपत्यकामा २५ रोपनी र काठमाडौं उपत्यकाभन्दा बाहिर सम्पूर्ण पहाडी क्षेत्रमा ७० रोपनी जग्गा राख्न पाउने हदबन्दी कार्यान्वयनमा आउने भएको छ ।

घरबारीका रुपमा भित्री मधेशसमेत सम्पूर्ण तराई क्षेत्रमा एक बिगाहा, काठमाडौं उपत्यकामा पाँच रोपनी र काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा पाँच रोपनी राख्न पाउने व्यवस्था गरेको छ ।

२०५८ सालमा हदबन्दीको निर्णय भएपनि कार्यान्वयन नभएपछि २०६६ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । यसउपर सर्वोच्च अदालतका न्यायधीश डा.मनोजकुमार शर्मा र न्यायधीश डा.आनदमोहन भट्टराईको संयुक्त इजलासले भूमि सम्बन्धी ऐन २०२१ अनुसार जग्गाको हदबन्दी लागु गर्न सरकारलाई २३ साउनमा आदेश गरेको हो ।

भूमिसम्बन्धी ऐन २०२१ दफा ७ बमाजिम कुनै पनि व्यक्ति वा निजको परिवारले जग्गावालको हैसियतले नेपालमा जम्मा १० बिगाहामा नबढ्ने गरी जग्गा राख्न पाउने हदबन्दी तोकिदिएको छ । तस्वीरः रिपोर्टर्स नेपाल डट कम



प्रतिक्रिया दिनुहोस्