साउन २४, काठमाण्डौ । रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले धर्म संस्कृतिको रक्षा गर्न जस्तो सुकै कदम चाल्न पनि चयार हुनुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष धमलालो बहुसंख्यक जनताले हिन्दुप्रति आस्था राखे पनि एउटै धर्मलाई बोकेर हिँड्न नहुँने तर रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।
धार्मिका सहिष्णुता आवश्यक रहेको तर्क गर्दै धमलाले धर्मप्रतिको आस्था र सम्मानलाई स्वतन्त्र छोड्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय धर्मका नाममा भएको विकृति अन्त्य गर्दै धार्मिक शुद्धिकरणको आवश्यकता औँल्याए । शुद्धिकरण भभियानका लागि जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको धमलाको भनाई थियो ।