Logo

त्रिशुलीमा बस खस्दा मर्नेको संख्या ९ पुग्यो, बाढीका कारण वेपत्ताको खोजीमा कठिनाई



काठमाडौं । मा नौ जनाको शव भेटिएको छ । उद्धारकर्मीले २४ साउनको अपरान्ह थप ६ जनाको शव फेला पारेपछि मर्नेको संख्या नौ पुगेको हो । यसअघि बसभित्र तीन जनाको शव भेटिएको थियो ।

घटनामा अझै २० जना हराइरहेका छन् । बाढीका कारण नदीमा धमिलो पानीका बाबजुद उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ । कुल ४५ जना सवार बसमा १६ जनाको जिवितै उद्धार गरिएको थियो । बसमा ३४ नेपाली र ११ भारतीय सवार थिए ।

सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको सृष्टि डिलक्सको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा २४ साउनको विहान साँढे ३ बजे खसेको थियो । कसान ४२ यात्रु र तीन चालक दलका सदस्य रहेको पुष्टि भएको छ । बसका चालक लक्ष्मण जमरकटेल र सहचालक प्रमोद चौधरी र सहयोगीमा ऋषि उप्रेती थिए ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साँढे ३ बजेको प्रहरमा धेरै यात्रु निदाइरहेकाले मानवीय क्षति बढी भएको हो । बाँचेकाहरु बस खस्दै गर्दा उछिट्टिएका थिए । नदीमा परेकाहरुको मृत्यु भएको र हराइरहेका छन् ।

बसका यात्रुको विवरण
बिष्णु गाउँपालिकाका खुश रंजन
शिवनगरका मोहम्म मतलुङ
अगर्वाका नविन कुमार महतो
लक्ष्मीपुरका मनिष रायसहित २ जना
बेल्हीका राकेश राउत
भारतका मज्जफरपुरका आशिष कुमारसहित २ जना
गम्हरियाका दिनेश ठाकुर
भारत पर्सा मोडका धीरेन्द्र शर्मा
औरहीका रबि कुमारसहित ३ जना
भारतका अररियाका दिलिप दाससहित ३ जना
मलंगवाका भुपेन्द्र कुमार
त्रिभुवनगरका राजनारायण गुप्तासहित ४ जना
मलंगवाका संजिव चौधरी
मलंगवाका अरिबन्द सिंह
मलंगवाका अनिष राय
भारतका लरकवा रामबाबु यादवसहित ३ जना
भारतका कुवारीका अजय ठाकुरसहित २ जना
मलंगवाका रोहित मण्डल
मलंगवाका शमिम
मलंगवाका सुशिल श्रीवास्तव र अनिल
गणेशियाका भाग्य नारायण महतोसहित ३ जना
हरिपुरका योगेन्द्र चौधरी र अमित लामा



प्रतिक्रिया दिनुहोस्