Logo

त्रिशुलीमा खसेको बस निकाल्न सशस्त्रका गोताखोर भेलमा छिरे (फोटोफिचर)



काठमाडौं । धादिङमा भएको बस दुर्घटनापछि त्रिशुलीको भेलका कारण उद्धार नकै कठिन भयो । सुरक्षाकर्मीले २४ साउनमा बसलाई तानेर उद्धारलाई अगाडि बढाएका थिए । सशस्त्र प्रहरीको गोताखोरहरु ज्यानको जोखिम मोलेर भेलभित्र पसेका थिए ।


उनीहरुले बसमा डोरी बानेर तान्न सकिने बनाएका थिए । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका गोताखोरसहितका उद्धारक सशस्त्र प्रहरीले उद्धारमा मुख्य भूमिका निभाएका थिए ।

सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको सृष्टि डिलक्सको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा २४ साउनको विहान साँढे ३ बजे खसेको थियो । बसमा ४२ यात्रु र तीन चालक दलका सदस्य रहेको पुष्टि भएको छ । बसका चालक लक्ष्मण जमरकटेल र सहचालक प्रमोद चौधरी र सहयोगीमा ऋषि उप्रेती थिए ।


घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साँढे ३ बजेको प्रहरमा धेरै यात्रु निदाइरहेकाले मानवीय क्षति बढी भएको हो । बाँचेकाहरु बस खस्दै गर्दा उछिट्टिएका थिए । नदीमा परेकाहरुको मृत्यु भएको र हराइरहेका छन् ।


घटनामा अझै २० जना हराइरहेका छन् । बाढीका कारण नदीमा धमिलो पानीका बाबजुद उद्धार गरिएको छ । कुल ४५ जना शवार बसमा १६ जनाको जिवितै उद्धार गरिएको थियो । बसमा ३४ नेपाली र ११ भारतीय सवार थिए । तस्वीर स्रोतः सशस्त्र प्रहरी बल



प्रतिक्रिया दिनुहोस्