Logo

ओली फाल्न आइतबार कुर्नु नपर्ने नेकपा नेताको उद्धघोष (भिडियोसहित)



काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता ताका भएको सहमति अक्षरंश पालना हुनुपर्ने बताएका छन् । सहमति पालना नभए पार्टी गम्भिर दुर्घटनामा फस्न सक्ने उनको चेतावनी छ । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद समेत रहेका नेता भट्टले यस्तो बताएका हुन् ।

उनले केपी ओलीपछि प्रचण्ड नै प्रधानमन्त्री बन्नेपनि घोषणा गरे । अध्यक्षद्धयबीच नै आलोपालोको सहमति भएकोले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्नेमा कुनै द्धिविधा नरहेको उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot