Logo

त्रिशुली नदी किनारमा महिला र बालकको शव



चितवन । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशुली नदीमा एक महिला र बालकको शव फेला परेको छ । नदी किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्