काठमाडौं । अहिलेको बैज्ञानिक युगमा प्रविधिको प्रयोगले मानिसलाई दास बनाउदै लगेको छ । लाखौ टन गहुङगो हवाइजहाज उडेर लाखौ माईलको यात्रा नौलो रहेन । त्यसैबिच बैज्ञानिकहरुले विश्वकै पहिलो उड्ने कारको पनि आविस्कार गर्न सफल भएका छन। करिब १२ वर्षको निरन्तर प्रयासपछि विश्वकै पहिलो उड्ने कार तयार पारिएको खवर अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ।
कार निर्माता कम्पनिले अमेरिकाबाट अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्ने जनाइएकोे छ । ग्राहकले भने अर्को वर्षदेखि मात्रै यो कार घर लान पाउने छन् । एक मिनेट भन्दा कम समयमा स्वचालित रुपमा उडान भर्नसक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको जनाइएको छ ।‘हा इब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो।
कम्पनीले हलुका स्पोर्ट बाहनहरुको कम्पनीले उत्पादन गर्दै आएको छ। संचार माध्यमहरुका अनुसार कम्पनीले तत्कालै यसको मूल्य तोकेको छैन। तर,एउटा कारको अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ। सन् २००६ मा निर्माण थालेको कम्पनिले तीन वर्षपछि बल्ल यसको पहिलो परिक्षण उडान गरेको थियो।
त्यसपछि कारको परिक्षण र परिमार्जन कम्पनीले सँगसँगै जारी राखेको थियो। पहिले दुईजना बोक्ने गरी बनाइएको यो कारमा चारजना अट्ने गरी विकसित गरिएको छ।टेर्राफुगियाका अनुसार यो कारले १६० किलोमिटरप्रतिघन्टाको वेगमा ६४० किलोमिटरसम्म उडान भर्न सक्छ।