Logo

‘गाउँ-गाउँमा सिंहदरबार’को नारा सोचेअनुरुप कार्यान्वयन भएन : प्रचण्ड



काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको लागि नेकपा नेतृत्वको सरकारको विकल्प नरहेको स्पष्ट पारेका छन् । उनले मुलुकमा आफूले सोचेअनुरुपको संघीय संरचना बन्न नसकेको बताए ।

चौथो सामुदायिक वन दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनतालाई सुविधा दिने उद्देश्यले तयार पारिएका स्थानीय तहबाट जनताले सम्पूर्ण सेवा–सुविधा पाउन नसक्दा ‘गाउँमा गाउँमा सिंहदरबार’को नारा सोचेअनुरुप कार्यान्वयन हुन नसकेको बताए ।

उनले पुरानो राज्य प्रणालीअन्तर्गत् प्रशिक्षित केही कर्मचारीले सम्पूर्ण अधिकार केन्द्रमै राख्न चाहेको आरोपसमेत लगाए । अध्यक्ष दाहालले देश विकासका लागि नेकपा सरकारको विकल्प नरहेको जिकिर गरे ।

समृद्ध देश निर्माणका लागि नेकपाको सरकार असफल भए अरु कुनैपनि पार्टीबाट त्यो सम्भावना नरहेको उनको भनाइ थियो । सामुदायिक वनलाई प्रोत्साहित गर्ने नीति सरकारको रहेको बताउँदै उनले सामुदायिक वनको सदुपयोग गरेर काठको आयात घटाउनुपर्नेमा जोड दिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot