Logo

पल्टिएको ट्यांकरको तेल चोर्न जाँदा बिष्फोट, सडकमा शव छरपष्ट



सडकमा शवहरु छरपष्ट । वरिपरि तेल बगेको स्थिति । तान्जानियाको मोरोगोरो क्षेत्रमा तेल भरिएको ट्यांकर बिष्फोट हुँदाको घटना हो यो ।

१० अगष्टमा भएको घटनामा ६० जनाको ज्यान गएको छ । ७० जना गम्भीर घाइते भएका छन् । तेल भरिएको ट्यांकर पल्टिएपछि स्थानीयले तेल चोर्न खोज्दा बिष्फोट भएको थियो । ट्यांकर सडकमा उत्तानो परेर पल्टिएको थियो । कतिपय तेल चोर्न नगएकाहरु पनि घटनामा परेका छन् ।

भिषण आगलागीपछि उद्धार गर्न कठिन भएको जनाइएको छ । कतिपय भाग्न सफल भएका थिए । मोटरसाइकल र कारहरु समेत जलेका टेलिभिजनहरुले देखाएका छन् ।

मोरोगोरो तान्जानियाको बन्दरगाहबाट सामान ढुवानी गर्ने मार्गमा पर्दछ । तिव्र गतिको ट्यांकर पल्टिएपछि तेल भर्न खोज्दा घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अफ्रिकी देशहरुमा तेलको ट्यांकर पल्टिएपछि तेल चोर्न खोज्दा यस्ता घटना हुँदै आएका छन् । यसअघि नाइजरमा पनि यस्तै प्रकृतिको घटना घटेको थियो । Photo Source: Sputnik



प्रतिक्रिया दिनुहोस्