Logo

बेलायती अधिराजकुमार यौनकाण्डमा मुछिए



बेलायतका अधिराजकुमार आन्ड्रीउ यौनकाण्डमा मुछिएका छन् । यो काण्ड यति गम्भीर प्रकृतिको छ कि यसका मुख्य अभियुक्त जेफ्री इप्स्टिेनको रहस्यमय मृत्यु भइसकेको छ ।

तिनै इप्स्टिेनले एक किशोरीलाई बेलायती अधिराजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राखेको खुलासा पीडितले गरेकी छिन् । भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा राजकुमार आन्ड्रीउ पनि परेका हुन् ।। सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ ।

बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । बेलायती राजपरिवारका महत्वपूर्ण सदस्य निकै चर्चामा आएको यौनव्यापारको ठूलो सञ्जालका नाइके भनिएकासँग जोडिएको तथ्य उजागर भएको छ ।

भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् । Photo: Forbes



प्रतिक्रिया दिनुहोस्

Screenshot