Logo

प्रधानमन्त्री ओली भोलिमात्रै फर्किने, परीक्षण अझै बाँकी



काठमाडौं, २६ साउन । नियमित स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भोलिमात्रै स्वदेश फर्किने भएका छन् । यसअघि प्रधानमन्त्री ओली आज फर्किने भनेर भनिएको यिो । तर, केही परीक्षण बाँकी नै रहेकोले आज एक दिन बसाई लम्बिने भएको हो । भोलि९सोमबार० दिउँसो काठमाडौं फर्कने भएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएको र उनी भोलि दिउँसो काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी यही साउन १८ गते सिंगापुर गएका थिए ।



प्रतिक्रिया दिनुहोस्