Logo

पाटीमा बस्दा विवाद हुँदा साथीको हत्या



काठमाडौं । पाटीमा सँगै बस्नेबीच विवाद हुँदा साथीले साथीको हत्या गरेका छन् । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले विनोद खड्कालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका १९ ईनाटोल बस्ने जंगे भनेर चिनिने पुरुषको हत्या गरेका थिए । उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय मुत्रे भनिने खड्काले इँटा र ढुंगाले हानेर साथीको हतया गरेका थिए ।

उनलाई काठमाडौं महानगरपालिका १९ ईनाटोलमा २४ साउनको बिहान जंगे भनेर परिचित पुरुषको शव फेला परेको घटनामा अनुसन्धान गर्ने क्रममा मृतक र खड्का संगसंगै ईनाटोलको पाटीमा बस्दै आएको र उनीहरूवीच सामान्य विवाद हुँदा खड्काले जंगेलाई इँटा तथा ढुंगाले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्